घुस लिँदालिँदै अख्तियारको फन्दामा

चितवन, जेठ १७ । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय हेटौडाबाट आएको टोलीले मालपोत कार्यालय चितवनमा एक जना कर्मचारीलाई घुस लिंदलिँदै पक्राउ गरेको छ ।

यसरि पक्राउ पर्नेमा रत्ननगर-९ घर भएका कार्यालय साहयक शंकरप्रसाद धिताल रहेका छन् ।

धिताल बिहिबार बिहान ११ बजेर ३५ मिनेट जाँदा सेवाग्राहीसँग नगद २५ हजार घुस लिँदै गर्दा पक्राऊ परेको कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौडाका प्रहरी निरीक्षक बिनिमहादेव पौडेलले जानकारी दिएका छन् ।

याे पनि पढ्नुस  अवकाशप्राप्त शिक्षकलाई अख्तियारको मुद्दा

कार्यालय सहयोगी धितालले भरतपुर-९ का एक सेवाग्राहीलाई पर्ती जग्गाको लालपुर्जा बनाइदिने भन्दै २५ हजार घुस लिएका थिए । उनलाई प्रारम्भिक बयानपछि अख्तियार कार्यालय हेटौडा लगिएको जानकारी प्राप्त भएको छ ।

मालपोत कार्यालय भरतपुरमा व्यापक भ्रष्टचार हुने गरेको जनगुनासो आएपछि अख्तियारले लगातार निगरानी गरिरहेको थियो ।

याे पनि पढ्नुस  घुस लिएको आरोपमा सहायक प्रधानाध्यापक र लेखापाल अख्तियारको फन्दामा

कमेन्ट गर्नुहोस्