Oops! It appears that you have disabled your Javascript. In order for you to see this page as it is meant to appear, we ask that you please re-enable your Javascript!

‘एक्लो जीवन’ दोहोरी गीतको भिडियो सार्वजनिक, भिडियो सहित

काठमाडौँ, जेठ १७ । काभ्रे संगम म्युजिक प्रालिले मेनुका कार्कम, सन्तोष गिरी र सरिता क्षेत्रीको सहकार्यमा ‘एक्लो जीवन’ बोलको दोहोरी गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ ।

हिमाल खड्काको लय तथा भुवन कटुवालको शब्द रहेको उक्त दोहोरी गीतमा गीता देवी र विष्णु तामाङको स्वर रहेको छ ।

म्युजिक भिडियोको निर्देशन समीर थोकरको रहेको उक्त दोहोरी भिडियोको छायाङ्कन सागर गौतमले गरेका हुन् भने दृश्य सम्पादन प्रकाश एसकेले गरेका छन् ।

उक्त भिडियोमा विमल अधिकारी, साया भण्डारी, समीर थोकर र अमृता बन्जाराको अभिनय रहेको छ ।

उक्त भिडियो युट्युबमा अपलोड गरिएको छ र २४ घण्टा नबित्दै लगभग ११ हजार जनाले उक्त गीत हेरेका छन्।

हेर्नुस् उक्त भिडियो:

कमेन्ट गर्नुहोस्

%d bloggers like this: