आजाद भिसा भन्दै ठगी गर्न नेपाली लाई कतारमा १ बर्ष जेल सहित ६ लाख जरिवाना

दोहा।जेेेष्ठ१८, कतारमा लामो समय देखि अवैध ढंगले भिसा तस्करी गर्दै आएका सुनसरीका तवरेज आलामलाई त्यहाको अदालतले एक वर्ष जेल सहित २० हजार रियल अर्थात नेपाली (६ लाख रुपैयाँ) जरिवाना तोकेको छ ।

आजाद भिसाको नाममा ठगिएका नेपाली

अदालतले भिसाको अवैध तस्करी गरेको अभियोगमा आलामलाई उक्त सजाय तोकेको दूतावासको भनाइ उदृत गर्दै कतार बाट बिबि खरालले जानकारी दिएका छन् । आलामलाई अदालतले आउँदो बर्षको फेब्रुअरी १४ सम्म जेल बस्नुपर्ने समय तोकेको छ ।

बिदेशी कामदारलाई सहज होस भन्ने उदेश्य सहित कतार सरकारले कम्पनी परिबर्तन गर्न सक्ने (एनओसी)
लागू गर्न थालेपछि दलालहरुले त्यसलाइ आदाज भिसाको नाम दिएर अबैध रूपमा भिसाको कारोबार सुरु गरेको पाएपछी कतार सरकारले त्यसलाई रोक्न कारबाही सुरु गरेको र हाल सम्म १० नेपाली सहित विभिन्न देशका ४०जना भन्दा धेरै लाई पक्राउ गरि अनुसन्धान सुरु गरेको खरालले एभरेस्ट दैनिक लाई जानकारी दिएका छन।

याे पनि पढ्नुस  कतारमा नेपाली कामदार नगद पुरस्कारद्वारा सम्मानित

कतार सरकारले कामदारसँग भिसाको शुल्क लिने र कामदारलाई झुक्याएर ल्याउने कार्यलाई गैरकानुनी भन्दै कारबाही गर्ने गरेको छ । पछिल्लो समय दललालहरु कतारका रोजगारदाता कम्पनी र नेपालका म्यानपावरसँग मिलेर ‘आजाद भिसा’ को नाममा नेपाली कामदारमाथि चरम शोषण गरिरहेका छन् ।

नेपाल बाटै आजाद भिसाको नाममा ठगीदै नेेपाली 

याे पनि पढ्नुस  एनआरएनए एनसिसि कतारको नवनिर्वाचित कार्यसमितिको पहिलो बैठक सम्पन्न, प्रवक्तामा क्षत्री

नेपालका विभिन्न मेनपावर कम्पनीहरुले कतारमा आजाद भिषामा लैजान्छौ भनेर मनलाग्दी रकम अशुल्दै त्यहा पुर्याइ अलपत्र छाडिदिने र काम नपाउदा नेपालीहरु सडक पेटिमा भौतारिदै हिड्नु परेको ठगिएका नेपालीहरुको गुनासो छ।

बिशेषगरि पहिलो पटक कतार जान लागेका नेपाली हरुलाइ दलालले नेपालमा विभिन्न प्रलोभन देखाउने र अन्तत रकम लियर कतार पुर्याइ अलपत्र पार्न गरेको पीडितहरु बताउछन।

याे पनि पढ्नुस  बागलुङका रमेश भट्ट एन आरएन आइसिसि सदस्यमा बिजयी

कतारमा खोलिएका केहि नेपाली सघ सस्था भित्रका प्रतिनिधि हरु समेत आजाद भिसाको नाममा कामदारहरु लाई ठग्न सक्रिय रहेको स्रोतको दाबी छ ।
पछिल्लो एक बर्षमा मात्रै कतारमा आजाद भिसाका नाममा ठगीएका झन्डै ४ सय जनाको उद्दार गरिएको र अझै हजारौं नेपाली अलपत्र अबस्थामा रहेको खरालको दाबी छ ।

कमेन्ट गर्नुहोस्