सुशासन र भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता : मन्त्री बस्नेत

काठमाडौं, जेठ १८ । वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले सरकारले सुशासन र भ्रष्टाचार नियन्त्रणमा शून्य सहनशीलता अपनाउने बताउनुभएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघको २३औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उहाँले सुशासन कायम नभएसम्म विकास र समृद्धि नहुने भएकाले यसमा कसैसँग सम्झौता नगरिने बताउनुभयो ।

याे पनि पढ्नुस  एक लाख घुससहित मालपोत नासु पक्राउ

मन्त्री बस्नेतले वनको दिगो उपयोगका लागि वैज्ञानिक वन व्यवस्थापन जरुरी रहेको चर्चा गर्दै वन क्षेत्रको उपयोग र संरक्षणबीच सन्तुलन कायम गर्ने स्पष्ट कार्यदिशाका साथ मन्त्रालय अगाडि बढेको उल्लेख गर्नुभयो ।

‘समृद्ध नेपाल र सुखी नेपाली’ सरकारको अहिलेको प्राथमिकता भएको बताउँदै उहाँले मुलुकको आर्थिक समृद्धिमा वन क्षेत्रको योगदान उल्लेख्य रुपमा वृद्धि गरिने प्रतिबद्धता जनाउनुभयो ।

याे पनि पढ्नुस  घुस लिएको आरोपमा पक्राउ

उहाँले वन क्षेत्रको उपयोग र विकास निर्माणका काम गर्दा आर्थिक, सामाजिक र वातावरणीय सन्तुलन कायम गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

कमेन्ट गर्नुहोस्