जिउँदो मानिस सुटकेसमा राखेर तस्करीको प्रयास

लण्डन, जेठ १८ । वेलायतको डोभर बन्दरगाहमा एक जना भियतनामी किशोरलाई सुटकेशमा बन्द गरी मानवतस्करी गर्न खोजेको अभियोगमा एक जना पुरुषलाई पक्राउ गरी मुद्दा चलाइएको छ।

अन्दाजी १६ वर्षीय ती किशोरलाई जीवन सङ्कटमा पर्ने शारीरिक लक्षणहरू देखिएपछि अस्पताल लगिएको थियो।

याे पनि पढ्नुस  म्यान्चेष्टर आक्रमणको सर्वत्र निन्दा, मृतककाे संख्या २२

बुधवार स्थानीय समयअनुसार रातिको साढे आठ बजे यूके बोर्डर फोर्सका अधिकारीहरूले फेला पारेका थिए।

सो घटनाका सम्बन्धमा पक्राउ परेका रुमेनियाका २० वर्षीय युवा आन्द्रेई इआन्कुलाई मानवतस्करीको प्रयास गरेको अभियोगमा मुद्दा दायर गरिएको छ।

यूकेमा आधुनिक दासप्रथा र मानवतस्करी फ्रान्सबाट यूके आइरहेका सवारीसाधनहरुलाई रोकेर खानतलास गर्ने क्रममा एउटा गाडीको डिक्कीमा रहेको बन्द सुटकेसमा ती भियतनामी किशोरलाई फेला पारिएको थियो।

याे पनि पढ्नुस  बेलायतमा झण्डै ५० प्रतिशत युवाले कण्डम नै प्रयोग गर्दैनन्, कारण यस्तो छ-

केन्ट प्रहरीले तिनको अवस्थामा केही सुधार भएको बताएको छ। बीबीसी

कमेन्ट गर्नुहोस्