३३ किलो सुन तस्करीका अर्का आरोपी घलेद्वारा अदालतमा आत्मसमर्पण

विराटनगर, जेठ २० । सुन तस्करीको प्रकरणका अभियुक्त डा डेबिट भनिने छिरिङ वाङ्गेल घलेले आज जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका छन् ।

घलेको जिल्ला अदालतमा बयान शुरु भइसकेको छ । बयान सकिएपछि थुनछेकको बहश हुने प्रहरी उपरीक्षक मनोजकुमार केसीले जानकारी दिनुभयो ।

याे पनि पढ्नुस  सुन काण्डका सदस्य डा. डेबिड कक्षा एकमा भर्ना !

यसअघि, गत बिहीबार निलम्बित वरिष्ठ प्रहरी उपरीक्षक शयामबहादुर खत्रीले जिल्ला अदालतमा आत्मसमर्पण गरेका थिए ।

जिल्ला प्रहरी कार्यालयले गत, वैशाख १९ गते सुन तस्करी, सनम शाक्यको हत्या र सांगठनिक रुपमा अपराधिक समूह सञ्चालन गरेको अभियोगमा घलेसहित ६३ जनामाथि मुद्दा दर्ता गरेको थियो ।

याे पनि पढ्नुस  ३३ किलो सुनप्रकरणका प्रमुख मध्ये एक घले जेल चलान

कमेन्ट गर्नुहोस्