पहिलो ट्वेण्टी ट्वेण्टीमा अफगानिस्तान ४५ रनले विजयी

काठमाडौं, जेठ २१ । बंगलादेशसँगको ट्वेण्टी ट्वेण्टी क्रिकेट शृंखलामा अफगानिस्तान विजयी भएको छ । हिजो साझँ भएको खेलमा बंगलादेश अफगानिस्तानसँग ४५ रनले पराजित भयो ।

पहिलो जित दर्ता गरेसँगै अफगानिस्तान ३ खेलको शृंखलामा एक शून्यको अग्रतामा छ ।

टस हारेर ब्याटिङको निम्तो पाएको अफगानिस्तानले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १ सय ६७ रन बटुलेको थियो । उसका लागि मोहम्मद सेहजादले ४० र समिउल्लाह सेनवारीले ३६ रन बनाए ।

बंगलादेशका मोमदुल्लाह र अदुल हसनले २–२ विकेट लिए ।

१ सय ६८ रनको लक्ष्य पछ्याएको बंगलादेशलाई १९ औ ओभरमा १ सय २२ रनमा अलआउट गर्दै अफगानिस्तान विजयी भयो। अफगानस्तानका रासिद खान र सपुर जर्दानले तीन–तीन तथा मोहम्मद नाबीले २ विकेट लिए ।

भारतको देहरादुनमा भएको खेलमा रासिदले ३ ओभरमा ३ विकेट लिदै मात्र १३ रन खर्चिए ।

कमेन्ट गर्नुहोस्