सिरियाका राष्ट्रपति किमलाई भेट्न उत्तर कोरिया जाने

सिरियाका राष्ट्रपति बशर अल–असद उत्तर कोरिया जाने योजना सम्भावना बढेको छ ।

उत्तर कोरियाको सरकारी समाचार एजेन्सी केसीएनएका अनुसार सन् २०११ मा देशको सत्ता सम्हालेपछि उत्तर कोरियाली नेता किम जोंग उनले पहिलो पटक कुनै राष्ट्रप्रमुख नेतालाई स्वागत गर्दैछन् ।

हालै किम जोंग उन कूटनीतिक मोर्चामा निकै सक्रिय देखिएका छन् । उनले मे मा चीनका राष्ट्रपतिसँग भेटघाट गरे र यस महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पसँग उनको भेट प्रस्तावित छ ।

याे पनि पढ्नुस  बेलायती प्रधानमन्त्रीको चेतावनी: असदलाई नछाडिने

यद्यपी, सिरियाले असदको उत्तर कोरियाको भ्रमणबारे कुनै प्रतिक्रिया दिएको छैन । सिरियालाई उत्तर कोरियाको सहयोगी देशको रुपमा चिनिन्छ ।

दुबै देशमाथि रासायनिक हतियारको विषयमा एक अर्कालाई साथ दिएको आरोप लाग्दै आएको छ । यद्यपी, यी दुबै देशले यस्तो आरोप अस्विकार गर्ने गरेको छ ।

याे पनि पढ्नुस  बेलायती प्रधानमन्त्रीको चेतावनी: असदलाई नछाडिने

उत्तर कोरियाको समाचार एजेन्सीले असदको भ्रमणको मितिबारे कुनै जानकारी दिएको छैन ।

एजेन्सीलाई उद्धृत गर्दै गत बुधबार असदले आफू किम जोंगलाई भेट्न उत्तर कोरिया जाने तयारीमा रहेको जानकारी दिएको बीबीसीले बताएको छ ।

बीबीसीका अनुसार असदले किम जोंग उनले अन्तिम जीत हाँसिल गर्नेछन् र दुबै कोरियाली देशलाई एक गराउन उनी सफल हुने बताएका छन् । एजेन्सीको सहयोगमा

कमेन्ट गर्नुहोस्