जो कोही प्रचण्ड हुन सक्दैन : प्रसाई (भिडियोसहित)

काठमाडौं, जेठ २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा व्यवसायी दुर्गा प्रसाईले जो कोही नेकपाका अध्यक्ष प्रचण्ड जस्ता हुन सक्ने बताएका छन् ।

टेलिभिजनमा एक अन्तवार्ताका क्रममा उनले भने, ‘प्रचण्ड बन्न खोज्दा बाबुरामको अस्तित्व सकिएको हो, जो कोही प्रचण्ड हुन सक्दैन ।’

तत्कालीन नेकपा माओवादी केन्द्र र एमालेबीच हुने भनिएको पार्टी एकता प्रक्रिया अल्मलमा परेका बेला अध्यक्षद्वय प्रचण्ड र केपी शर्मा ओलीले प्रसाई कै ठिमीस्थित घरमा डिनर वार्ता गरेका थिए । त्यहाँ धैरै विषयमा उनीहरु सहमतिमा पुगेको बताइन्छ ।

तीन जनाले खाना खाइरहेको फोटो सामाजिक सञ्जालमा भाइरल भएपछि व्यापक आलोचना भएको थियो । प्रसाईले उक्त फोटो ‘इनोसेन्टीली’ आफ्ना सवारी चालकले सामाजिक सञ्जालमा राखेको प्रस्टीकरण दिएका छन् ।

कमेन्ट गर्नुहोस्