५१ लाख नगद, तीन करोडको चेकसहित ‘हुन्डी कारोबारी’ पक्राउ

काठमाडौं, जेठ २२ । प्रहरीले विभिन्न व्यवसायको नाममा हुन्डी कारोवार गर्ने सातजनालाई पक्राउ गरेको छ ।

उनीहरुको साथबाट ५१ लाख नगदसहित तीन करोडभन्दा बढीको चेकसमेत बरामद गरेको प्रहरीको भनाई छ ।

महानगरीय प्रहरी अपराध महाशाखाले सोमबार हुन्डी कारोबारी विरुद्ध चलाएको अपरेसनका क्रममा न्युरोड लगायत क्षेत्रमा विभिन्न व्यवसायको आवरणमा हुन्डीको कारोवार गर्न सातजनालई पक्राउ गरी
उनीहरुबाट सो रकम चेक बरामद गरेको जनाएको छ । नागरिक दैनिकमा खबर छ ।

कमेन्ट गर्नुहोस्