सरकारी कर्मचारीलाई ईमेल अनिवार्य

काठमाडौं, जेठ २२ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारी कर्मचारीलाई सरकारी ईमेल अनिवार्य गर्ने उद्देश्यसहित निर्देशकको मस्यौदा तयार पारेको छ ।

निर्देशिकाको मस्यौदामा सबै सरकारी कर्मचारीलाई नियुक्ति दिँदा नै ईमेल ठेगाना दिने र अवकाश भएपछि ईमेललाई पनि अवकाशको सूचीमा राखिने उल्लेख छ ।

मस्यौदामाथि छलफल जारी रहेको मन्त्रालयका प्रवक्ता रामचन्द्र ढकालले जानकारी दिए ।

विभिन्न मन्त्रालय र सरकारी कार्यालयसँग राय मागेका छौँ ढकालले भने, सबैको राय आएपछि मन्त्रिपरिषदमा लैजान्छौँ । कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्