प्रकाश दाहाल स्मृति स्तम्भको शिलान्यास, आरोहीहरुलाई राज्यले सम्मान गर्नुपर्नेमा मन्त्री मगरको जोड

ककनी, जेष्ठ २२ । विश्व वातावरण दिवसको अवसरमा तत्कालिन नेकपा (माओवादी केन्द्र) का पोलिटब्यूरो सदस्य तथा सगरमाथा आरोही दिवंगत प्रकाश दाहालको सम्झनामा प्रकाश दाहाल स्मृति स्तम्भको शिलान्यास गरिएको छ ।

नेकपाका अध्यक्ष प्रचण्डका सुपुत्र समेत रहनुभएका प्रकाश दाहालको सम्झनामा नेपाल पर्वतारोही संघले ककनीस्थित पर्वतारोही पार्कमा निर्माण गरिने स्तम्भकाे मंगलबार एक समारोहबीच खानेपानी मन्त्री बीना मगरले शिलान्यास गर्नुभएको हो ।

सो अवसरमा बोल्नुहुँदै मन्त्री मगरले सगरमाथा आरोही तथा सहयोगीहरुले कष्टकर जीवन बिताउनु परेको बताउनुहुँदै राज्यले आरोहीहरुको सम्मान र भरणपोषणका लागि विशेष कार्ययोजना ल्याउनुपर्नेमा जोड दिनुभयो ।

याे पनि पढ्नुस  विकासको काममा कुनै पनि अवरोध स्वीकार्य छैनः खानेपानी मन्त्री

“प्रकाशजीले समेत बारम्बार आरोहीहरुको जीवनलाई सम्मानजनक कसरी बनाउने भनेर चिन्ता व्यक्त हुन्थ्यो, सकेको पहल पनि गर्नुभयो ।” मन्त्री मगरले भन्नुभयो, “तर अहिले पनि आरोही र शेर्पाहरुलाई जीवननिर्वाहको समस्या रहेको छ । नेपालमा हिमाल र हिमश्रृंखला भनेर हामीले गर्व गर्छौं, आरोहीहरुको सम्मान गर्न सके मात्रै हिमाल र हिमश्रृंखलाको पनि सम्मान हुन्छ ।”

मन्त्री मगरले आरोही र सहयोगी शेर्पाहरुको न्यायोचित सम्मानका लागि पहल गर्ने प्रतिबद्धता समेत उक्त अवसरमा व्यक्त गर्नुभयो ।

याे पनि पढ्नुस  बिना मगरले मतदातालाई धन्यवाद दिँदै भनिन्– निर्वाचन परिणाम पक्षमा आउनेमा ढुक्क छौं

आफू स्वयम पनि सगरमाथा आरोही रहेकोले सबै आरोहीहरुसँग भावनात्मक सम्बन्ध रहेको बताउनुहुँदै मन्त्री मगरले नेपालमा पर्यटन क्षेत्रको मुख्य कडीका रुपमा रहेको आरोहणका विषयमा राज्यले गम्भीरता देखाउन समेत जोड दिनुभयो ।

वहाँले भन्नुभयो, “हिमश्रृंखला र त्यससँग सम्बन्धित मानवीय जनशक्तिको सही सदुपोग र सम्मान गर्न सकिए यो क्षेत्र राष्ट्रिय आयको प्रमुख क्षेत्र बन्न सक्छ । पर्यटन मन्त्रालय, नेपाल सरकार र अन्य सबैले आर्थिक समृद्धिमा पर्यटनक्षेत्रको महत्वबारे गम्भीर भएर सोच्नु जरुरी छ ।”

याे पनि पढ्नुस  निर्मलाका हत्यारा उम्किन नपाउन, सुरक्षाकर्मीले संयमता अपनाउनु जरुरी– मन्त्री बीना मगर

पछिल्ला दिनहरुमा जलवायु परिवर्तनको सोझो सम्बन्ध हिमश्रृंखला र आरोहणमा परेको उल्लेख गर्नुहुँदै मन्त्री मगरले जलवाय परिवर्तनका कारण ग्लेशियरहरु पग्लिनेदेखि अन्य देखिएको चुनौतीलाई सामना गर्न हिमालकेन्द्रीत विशेष कार्ययोजनाको निर्माण गरी कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो ।

हिमाल क्षेत्रमा सरसफाई, हिमालसँग जीविकाका माध्यमले जोडिएका समुदाय र जलवायुका कारण उत्पन्न चुनौतीलाई एकीकृतरुपमा सम्बोधन गर्नुपर्ने वहाँको भनाई थियो ।

सोही अवसरमा पार्कमा बृक्षारोपण समेत गरिएको थियो ।

कमेन्ट गर्नुहोस्