मलेसियामा हराए सल्यानका गोबिन्द शर्मा; खोजी गरिदिन परिवारको अनुरोध

क्वालालम्पुर, मलेसिया, जेष्ठ २२ । पाँच वर्ष अघि कोशी इन्टरनेसनल ट्राभल्समार्फत् रोजगारीका लागि मलेसिया पुगेका सल्यान नयाँ पुल- ९ का गोविन्द शर्मा चापागाईं ४ बर्ष देखि बेपत्ता छन्।

मलेसिया पुगेको ७ महिनापछि आमालाई उपचार गराउनु भन्दै ६० हजार रुपैयाँ पठाएका शर्माले त्यसपछि बुबालाई फोन गरेर अर्को पासपोर्ट बनाउनुपर्छ भन्दै नागरिकता मागे ।

उनका बुबाले मलेसिया जाने मान्छे खोजे र नागरिकता जिम्मा लगाए, नागरिकता पाएपछि उनी परिवारबाट टाढिए। न फोन सम्पर्क भयो न कुनै जानकारी।

अहिले उनी कहाँ छन परिवारलाई कुनै जानकारी छैन। मलेसिया गएको एक्लो छोरा सम्पर्क विहीन भएपछि मे २०१४ मा मलेशिया जान लागेका सोही गाउँका ओम क्षेत्रीलाई छोराको खोजी गरिदिन शर्माका बुबा-आमाले अनुनय-विनय गरे।

क्षेत्री मलेसिया पुगे र उनले शर्मा काम गर्ने कम्पनीमा सोधपुछ गरे । कम्पनीले गोविन्दलाई नेपाल पठाएको दाबी सहित टिकट देखायो।

 

दूतावासदेखि प्रशासनबाट समेत खोजी भयो तर उनको कुनै पत्तो लागेन। कहाँ छन के गर्दैछन अहिलेसम्म कुनै जानकारी छैन ।

“एउटा सन्तान थियो त्यो पनि मलेसिया मा हरायो हामी बेसहारा भयौं” गोविन्दका बुबाआमाको गुनासो छ।

मलेसियामा खोजी गर्दा गोविन्द नभेटिएपछि क्षेत्रीले नेपालस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलमा गोविन्दको रेकर्ड चेकजाँच गरे। तर त्यहाँ पनि अध्यागमनमा उनको नेपाल इन्ट्री देखिएन।

क्षेत्री लगायत गोविन्दको परिवार अहिले पनि उनलाई खोजिराखेको छ। क्षेत्रीले कोही-कासैले निज गोविन्द शर्मालाई देखेमा आफ्न सम्पर्क नम्बर ०१६४६५०८९९ अथवा क्वालालाम्पुरस्थित नेपालि दूतावासमा खबर गरिदिन अनुरोद गरेका छन्।

कमेन्ट गर्नुहोस्