दाताको खर्चमा सांसदलाई तालिम !

काठमाडौं, २३ । संसद् सचिवालयले सरकारी बजेट थन्क्याएर दाताको बजेटमा संघीय संसद्का ३ सय ३४ सांसदलाई संसदीय प्रक्रियाबारे प्रशिक्षण दिन लागेको छ ।

संसद् सचिवालयले संसदीय प्रशिक्षण शीर्षकमा ३७ लाख ५० हजार रुपैया बजेट छुट्याएर पनि राष्ट्रंघीय विकास कार्यक्रम युएनडीपिको लगानीमा नयाँबानेश्वरस्थित संसद भवनको ल्होत्से हलमा दुईदिने प्रशिक्षण राखेको हो ।

बुधबार सुरु हुने प्रशिक्षणमा प्रतिनिधिसभा र राष्ट्रिय सभाका सबै सांसदलाई सहभागी गराउने जनाईएको छ ।

प्रशिक्षण आयोजक संसद् सचिवायलय भनिए पनि सम्पूर्ण खर्च युएनडिपीले बेहोर्ने जानकारी श्रोतले दियो । आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

कमेन्ट गर्नुहोस्