राजपालाई यस्तो संकट आइपर्यो-

काठमाडौं, जेठ २३ । आफैले तोकेको म्याद महाधिवेशन गर्न नसकी दलको वैधानिकतामाथि नै प्रश्न उठ्ने परिस्थिती उत्पन्न भएपछि राष्ट्रिय जनता पार्टीले समस्याको समाधाान खोज्न गृहकार्य सुरु गरेको छ ।

मधेस केन्द्रित ५ वटा दल एकीकृत भई बनेको राजपाले निर्वाचन आयोगमा दल दर्ता गर्दा आगामी असार मसान्तभित्र महाधिवेशन गरिसक्ने प्रतिबद्धता जनाएको थियो ।

दलको वैधानिकता जोगाउने उपाय खोज्न राजपा अध्यक्षमण्डलको बैठक मंगलबार बसेको थियो ।

हामीले सबै समसामयिक विषयमा छलफल गर्यौ अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, बुधबार पनि बैठक बस्नेछ र आवश्यक निर्णय हुनेछ । कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्