जीप दुर्घटनामा श्रीमान्-श्रीमतीको मृत्यु, छोराछोरी घाइते

बझाङ, जेठ २३ । बझाङमा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।

छविसपाथीभेरा गाउँपालिका–४ मेलपानीमा से१ज ८३७ को जीप बुधबार दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने आठ जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा सोही गाउँपालिका–४ बस्ने ४५ वर्षीय वीरेन्द्रबहादुर सिंह र उनकी श्रीमती ३८ वर्षीया ज्वालादेवी रहेको तथा तिनका दुई छोराछोरी घाइते भएको छविसगाउँपालिका उपाध्यक्ष राधिकाकुमारी रतालाले जानकारी दिइन् । घाइतेको जिल्ला अस्पताल सिम्खेतमा उपचार भइरहेको छ ।

याे पनि पढ्नुस  भाइको शव लिएर घर जाँदा दाजुको मृत्यु

प्रतिक्रिया दिनुहोस्

कमेन्ट गर्नुहोस्