५० हजार घूससहित प्रशासकीय अधिकृत अख्तियारको फन्दामा

सर्लाही, जेठ २४ । जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रशासकीय अधिकृत सुरेश दास ५० हजार घूससहित प्रकाउ परेका छन् ।

महोत्तरीको बर्दिवासमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले उनलाई बुधबार पक्राउ गरेको हो ।

प्रशासकीय अधिकृत दाशले सर्लाही सदरमुकाम मंलगवामा रहेको शिव किराना पसलको मुद्दा मिलाउने भन्दै घूस लिएको अख्तियारले दावी गरेको छ ।

प्रशासकीय अधिकृत दाशले भने आफूले कुनै रकम नलिएको र फसाउने उदेश्यले उनी चढेको गाडीमा कसैले रकम राखेको बताएका छन् ।

उनलाई थप अनुसन्धानको लागि अख्तियारको कार्यालय बर्दिवासमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्