जीप दुर्घटनाः मृतकको संख्या ३ पुग्यो

बझाङ,जेठ २४ । जिल्लाको छबीस पाथीभेरा गाउँपालिकामा बुधबार भएको जीप दुर्घटनामा थप एकको मृत्यु गएको छ । जीपका चालक केदार स्युँ गाँउपालिका १ का ३५ वर्षीया लालबहादुर भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

यसअघि दुर्घटनामा छविसपाथीभेरा गााउँपालिका–४ डाँडाँगाँउका ४५ वर्षीय विरेन्द्रबहादुर सिंह र उनकी श्रीमती ३८ बर्षिया जलादेवी सिंह को घटना स्थलमै ज्यान गएको थियो ।

याे पनि पढ्नुस  सिटामोलका लागि ५ घण्टा पैदल

चालक भण्डारीको उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमा ज्यान गएको हो । यस्तै दुर्घटनामा घाइते भएका अन्य दुईजनाको अवस्था चिन्ताजनक छ । सोही गाउँपालिका वडा नं ५ का ४५ वर्षीय सोभान धामी र वडा नं ३ का ३१ बर्षिय गणेश नेपालीको अवस्था चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको । उनीहरुलाई थप उपचारका लागि कोहलपुर अस्पातलमा पठाइएको छ ।

याे पनि पढ्नुस  बझाङमा चरेशसहित ७१ वर्षीय वृद्ध पक्राउ !

यस्तै दुर्घटनामा मृतक विरेन्द्र सिंहका २ वर्षीय छोरा भुपेन्द्र सिंह, छविसपाथीभेरा वडा नं ३ की २७ वर्षीय पशुपति नेपाली र गणेश नेपालीकी ७ महिनाकी छोरी मुस्कान नेपाली घाइते भएका छन् ।

बुधबार बेलुका भाँडे बजारबाट ब्यासीतर्फ जाँदै गरेको से १ ज ८३७ नम्बरको जीप छविस पाथीभेरा गाँउपालिका वडा नं ४ को भेटाखानमा दुर्घटना भएको थियोे ।

याे पनि पढ्नुस  एमाले बझाङमा चर्को असन्तुष्टि, आसेपासेलाई टिकट दिएको आरोप

कमेन्ट गर्नुहोस्