राजपा प्रदेश २ को सरकारबाट बाहिरिन्छः महासचिव सुमन

काठमाडौं, जेठ २४ । राष्ट्रिय जनता पार्टी नेपालका महासचिव एवं प्रदेशसभा सदस्य मनिष सुमनले प्रदेश नं २ को फोरम नेतृत्वको सरकारबाट आफ्नो पार्टी फिर्ता हुने बताएका छन्।

आज यहाँ आयोजित साक्षात्कारमा नेता सुमनले मधेश आन्दोलनको भावनाविपरीत उपेन्द्र यादव सरकारमा गएको आरोप लगाउँदै नेकपा र फोरम नेपालबीच भएको दुई बुँदे सहमति सत्तामा चढ्ने सिँढी मात्रै भएकाले आफ्नो पार्टी सरकारबाट बाहिरिने बताए।

याे पनि पढ्नुस  वीरगञ्ज महानगर अपडेट: राजपा 8 सय मतले अगाडि

पार्टीको राजनीतिक समितिको आगामी २५ गते बस्ने बैठकबाट प्रदेश नं २ को सरकारबाट अलग हुने र केन्द्र सरकारलाई दिएको समर्थन फिर्ता लिने उनले बताए।

उनले भने, “झुट बोल्नेलाई हामी समर्थन गर्दैनौँ, संविधान संशोधन गर्ने विषयमा पटकपटक विश्वास देखाएर झुट बोल्ने काम भयो, आगामी २५ गतेको बैठकबाट दिएको समर्थन फिर्ता लिने निर्णय गर्छौं ।”

याे पनि पढ्नुस  मेयरकाे टिकट पाउन राजपाको कार्यालयमै कुटाकुट

उनले नेकपाले राष्ट्रपति निर्वाचन, प्रधानमन्त्रीको निर्वाचन र सभामुखको निर्वाचनमा संविधान संशोधन गर्छौं मत दिनुहोस् भनेर ढाँटेको आरोप लगाए।

तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनेपछि प्रदेश २ को प्रदेश सभामा पनि नेकपा सबैभन्दा ठूलो दल बनेको छ। फोरम दोस्रो र राजपा तेस्रो शक्ति बनेको छ। रासस

याे पनि पढ्नुस  विरोधको शैलीमा राजपाले चुनावी प्रचार

कमेन्ट गर्नुहोस्