भ्रष्टाचारको आरोप लागेका आयल निगमका पूर्वकार्यकारी प्रमुख खडकाद्वारा राजीनामा

काठमाडौं, जेठ २४ । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काले राजीनामा दिएका छन् ।

बिहिबार पत्रकार सम्मेलन गरेर उनले राजीनामा दिने घोषणा गरेका हुन् ।

निगमले इन्धन भण्डारणको लागि जग्गा खरिद गर्दा अनियमितताको आरोप लागेका खड्कालाई निगममै राख्दा निगमको हित विपरित कार्य गर्न सक्ने भन्दै आपूर्ति मन्त्रालयले गत कार्तिकमा मन्त्रालयमा हाजिर गराउने निर्णय गरेको थियो ।

पत्रकार सम्मेलनमा खड्काले आफूलाई आयल निगमबाट मन्त्रालय तानेर नौ महिनासम्म कामविहीन बनाएर राखेको आरोप लगाए ।

२०७२ माघमा आयल निगमको कार्यकारी निर्देशकको पदमा नियुक्त भएपछि तीन वर्षको अवधिमा आफ्नो पदीय जिम्मेवारी कानूनसम्मत रुपमा देशवासीको सेवा गरेको खड्काको दाबी थियो ।

राजीनामा पत्र पढेर सुनाउँदै उनले आफ्नो ६ महिना अवधि बाँकी भए पनि मन्त्रीलाई राजीनामा बुझाउन लागेको बताए ।

कमेन्ट गर्नुहोस्