भारतमा निपाह भाइरसको आतंक, फलफुलको बजार प्रभावित

नयाँ दिल्ली । भारतको केरल राज्यमा फैलिएको निपाह भाइरसको संक्रमणका कारण त्यहाँको जनजीवन मात्र प्रभावित भएको छैन बरु कृषि अर्थतन्त्रमा समेत धेरै ठुलो प्रभाव परेको छ ।

केरल व्यापार संघले दिएको जानकारी अनुसार यस भाइरसको त्रासले मानिसहरूले तरकारी र फलफूलको सेवन बन्द गरिदिएका छन् जसले गर्दा तरकारी तथा फलफूल व्यवसाय धराशायी हुने अवस्थामा पुगेको छ।

याे पनि पढ्नुस  तरकारीको भाउ २१७ प्रतिशत महँगो

केरलमा यस भाइरसका कारण हालसम्म १७ जनाको ज्यान गइसकेको छ । तटीय नगर कोझिकोडमा मात्रै १४ जनाले ज्यान गुमाएको भारतीय मिडियाले जनाएको छ।

प्रभावित इलाकाहरूको जनजीवन तंग्रिन थालेको भएपनि फलफुल र तरकारीबाट भाइरस फैलिएको हल्लाका कारण गत १० दिनमा मात्रै १.६ खर्ब रुपैयाँको तरकारी र फलफुल कुहिएको छ ।

याे पनि पढ्नुस  भारतमा निपाह भाइरसको संक्रमणबाट १२ घण्टाभित्रै थप ८ को मृत्यु, कति जोखिममा छ नेपाल?

केरलमा प्रतिदिन ३२ अर्बको तरकारी तथा फलफुल खपत हुने गरेको बताइएको छ ।

 

कमेन्ट गर्नुहोस्