फेरि भारतीय प्रधानमन्त्री मोदी चीन जाने

नयाँ दिल्ली, जेठ २४ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आगामी शनिबार चीन भ्रमणमा जानुहुने भएको छ ।

केही हप्ता अगाडी चीनको भ्रमण गर्नु भएका मोदी छोटो समयमै फेरि चीनको भ्रमण गरेर राष्ट्रपति सि जिन पिङलाई भेट्नुहुने भएको हो ।

यसअघिको भटेवार्तामा सीमा सम्वन्धी विवाद समाधानका विषयमा नयाँ तरिकाले अगाडि बढ्ने दुई नेताबीच समझदारी भएको थियो ।

याे पनि पढ्नुस  माओवादीले प्रधानमन्त्री मोदीकाे हत्या गर्ने योजना बनाएको प्रहरीको दाबी

दुई देशका नेताहरुको भेटवार्ता चिनियाँ सहर चिङदाओमा हुन लागेको साङघार्इ कोअप्रेसन अर्गनाईजेसनको अवसरमा हुने भएको हो ।

उहाँहरुले दुई पक्षीय हित र आपसी सम्वन्धका बारेमा छलफल गर्नुहुने भारतीय विदेश मन्त्रालयले बिहीबार जनाएको छ ।

व्यापार, सुरक्षा, चीनको ‘बेल्ट एण्ड रोड इन्फ्राइस्टकचर प्रोजेक्ट’ लगायतका विषय सो दुई दिने सम्मेलनका मुख्य एजेण्डा रहेका छन् । एएफपी

याे पनि पढ्नुस  भारतीय प्रधानमन्त्रीद्वारा आधा दर्जन मन्त्री बरखास्त

कमेन्ट गर्नुहोस्