अझै २१ प्रतिशत कृषियोग्य जमिन बाँझै

काठमाडौं, जेठ २५ । नेपाल कृषियोग्य मुलुक भए पनि कृषियोग्य जमिनको २१ प्रतिशत भूभाग भने बाँझै छ ।

कृषि श्रमिकको अभाव, युवा पलायन र कृषिमा आकर्षण घट्दो क्रममा रहेकाले जमिन बाँझिने समस्या बढेको हो ।

कृषि भुमि व्यवस्था तथा सहकारी मन्त्रालयको तथ्यांकअनुसार कुल खेतीयोग्य जमिनमध्ये १० लाख ३० हजार हेक्टर खेतीयोग्य जमिन बाँझै छ ।

याे पनि पढ्नुस  कृषिको विकासका लागि भूउपयोग नीति आवश्यकः उपप्रधानमन्त्री पोखरेल

नेपालको कुल क्षेत्रफल १४ करोड ७१ लाख ८१ हजार हेक्टर क्षेत्रफलमध्ये गत बर्ष ३० लाख ९१ हजार हेक्टरमा खेती गरिएको छ । कारोबार दैनिकमा समाचार छ ।

कमेन्ट गर्नुहोस्