दुर्घटनामा परेका नेपालीको भारतमा मृत्यु

कञ्चनपुर, जेठ २५ । भारतको बैंगलोरमा कार्यरत कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–२, लक्ष्मीपुरका अन्दाजी ३७ वर्षीय नवीन साहुको सडक दुर्घटनामा परी उपचारका क्रममा गएराति मृत्यु भएको छ ।

होटेलमा कार्यरत साहु ड्युटी सकेर कोठा जानेक्रममा गाडीको ठक्करबाट शख्त घाइते भएका थिए ।

तत्कालै नजिकको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको मृतक साहुको परिवारीक स्रोतले बताएको छ । साहु घरका एक्ला कमाउने व्यक्ति रहेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्