माओवादीले प्रधानमन्त्री मोदीकाे हत्या गर्ने योजना बनाएको प्रहरीको दाबी

पुणे, जेठ २५ । भारत महाराष्ट्रको भीमा कोरेगाउँमा हिंसा आरोपमा पक्राउ माओवादीबाट प्रहरीले संदिग्ध इमेल र चिट्ठी फेला पारेको दाबी गरेको छ ।

ती मेल र चिठ्ठीमा पूर्व प्रधानमन्त्री राजीव गांधीको जस्तै गरी प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने षड्यन्त्र गरिएको उल्लेख गरिएको प्रहरीले बताएको छ ।

माओवादीले मेलमा प्रधानमन्त्री मोदीको आगामी रोड शो कार्यक्रमलाई निशाना बनाने कुरा उल्लेख गरेको पुणे प्रहरीका दाबी छ । प्रहरीले ती सबै मेलका बारेमा अदालतलाई जानकारी गराइसकेको जानएको छ ।

गएको १ जनवरीमा भएको हिंसा प्रकरणमा प्रहरीले माओवादीको हात रहेको दाबी गरेको छ । हिसा आरोपमा केरल निवासी अधिकारीवादी रोना विल्सनसहित छ जनालाई प्रहरीले गिरफ्तारी गरिसेको छ ।

याे पनि पढ्नुस  दुई सन्तानको हत्या गरेर आत्महत्या

मोदी राज खत्म गर्न कदम चालौं
समाचार एजेन्सीका अनुसार, प्रहरीले माओवादीको आन्तरिक सञ्चारलाई निगरानीमा राखेको बताउदै त्यसमा भनिएको भनि प्रहरीले भनेको छ, ‘नरेन्द्र मोदीले १५ राज्यमा सरकार बनाएको । र यसरी नै अगाडि बढे माओवादीका लागि ठूलो खतरा उत्पन्न हुन्छ । कामरेड, मोदी राज खतम गर्न केही प्रभावकारी कदम चालौं । हामी यसका लागि राजीव गांधीको घटनाबारेमा सोचिरहेका छनैं । हुन सक्छ हामी सफल नहुम्ला तर यो एकदम राम्रो मौका हा । उनको रोड शोलाई निशाना बनाउन उचित हुनेछ ।’

याे पनि पढ्नुस  नेपालबारे २६ जनवरीमा लालकिल्लाबाट विशेष घोषणा गर्ने मोदीको तयारी

यता प्रहरीले बिहीबार आरोपीहरुलाई अदालतमा उपस्थित गराएको छ । उनीहरुलाई १४ जूनसम्मका लागि हिरासतमा राख्न अनुमति दिइएको छ ।

प्रहरीले अदालतमा जानकारी दिदा प्रधानमन्त्री नरेन्द्र मोदीको नाम त लिएन तर जुन मेलका बारेमा अदालतमा जानकारी दिइयो त्यसमा ‘राजीव गांधीको जस्तै हत्या’ को कुरा लेखेको दाबी छ । प्रहरी ५ चिठ्ठी पनि अदालतलाई दिएको छ । त्यसमध्ये एउटा रोना विल्सनको ल्यापटपमा फेला परेका हो ।

याे पनि पढ्नुस  विषाक्त रक्सीका कारण मृत्यु हुनेको संख्या ९२ पुग्यो

यो मोदीको हथकण्डा पनि हुनसक्छ कांग्रेस
कांग्रेस नेता संजय निरुपमले भने, ‘म यो भनिरहको छैन कि यो मामला पूरै झुठ हो , तर यो प्रधानमन्त्री मोदीको पुरानो हथकण्डा पनि हो । जब उनी मुख्यमन्त्री थिए, त्यति बेला उनको लोकप्रियता कम हुन लागेपछि हत्या षड्यन्त्रको कुरा प्रचार गरियो । यो कति सत्य हो भनि यसमा अनुसन्धान होस ।’ दैनिकभास्करबाट

कमेन्ट गर्नुहोस्