२३ नेपाली नाइजेरियामा तस्करको बन्धकमा

काठमाडौं, जेठ२६ । अलग बाटो र उपायबाट अमेरिका लैजाने भन्दै २२ महिनाअघि थाइल्यान्ड हुँदै नाइजेरिया पुर्‍याइएका २३ नेपालीलाई मानव तस्करले लेगोसमा बन्धकसरह बनाएर राखेका छन् ।

बिचल्ली पारिएकामध्ये बाग्लुङका बिविन्द्रप्रसाद श्रेष्ठका दाजु रवीन्द्रले दिएको जानकारीअनुसार काठमाडौंदेखि नाइजेरियासम्म सञ्जाल बनाएका मानव तस्करको समूहले उनीहरूलाई लेगोसको एउटा होटलमा बाहिरसमेत निस्कन नदिई राखेका छन् । रवीन्द्रका अनुसार उनीहरू सबैको पासपोर्ट जफत गरी गैरकानुनी हैसियतमा राखिएको छ ।

याे पनि पढ्नुस  ५ श्रीमतीद्वारा सामूहिक बलात्कार, श्रीमानको मृत्यु !

दिल्ली, लेगोस, मेक्सिको हुँदै अमेरिका लैजाने भन्दै मानव तस्करले नाइजेरिया पुर्‍याएर बन्धक बनाएका छन् ।

रवीन्द्रले परराष्ट्रको कन्सुलर सेवा विभागमा दिएको निवेदनमा मानव तस्करीमा संलग्न जेसन श्रीश (राजु), बैंकक बस्ने गोविन्दराज भारती (राज) र धोजेन्द्र दगामी मगरलाई पक्राउ गर्न तथा बिचल्लीमा परेका नेपालीलाई घर फिर्ताको पहल गर्न आग्रह गरिएको छ ।

याे पनि पढ्नुस  ब्रेक फेल भएर स्कूल बस र ट्रक ठोक्किँदा २१ को मृत्यु

बिचल्ली परेका नेपालीलाई घर फिर्ता गराउन र कूटनीतिक तहमा कानुनी प्रक्रिया समन्वय गर्न गैरआवासीय नेपाली संघका केन्द्रीय कोषाध्यक्ष हिक्मत थापाले लेगोसमा सहयोग गर्ने भएका छन् । कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्