प्रधामन्त्री ओलीको चीन भ्रमणबारे बेइजिङमा छलफल

काठमाडौं, जेठ २८ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली मंगोलिया जाने क्रममा बेईजिङमा प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण तयारीबारे जानकारी लिएका छन् ।

मंगोलियामा आयोजित भुपरिवेष्टित मुलुकको थिंक ट्यांक सम्मेलनमा भाग लिन जाने क्रममा उनले बेइजिङस्थित दुतावासले गरेको भ्रमण तयारीबारे छलफल गरेका हुन् ।

उनले नेपाली दुतावासमा चिनियाँ कम्युनिष्ट पार्टीका नेता तथा चाईना एसोसियसन फर फ्रेन्डसिपका प्रमुख चेन जेमिङसँग पनि घेटघाट गरे । कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्