पूर्वप्रधानमन्त्री अटलबिहारी वाजपेयी अस्वस्थ, भेट्न अस्पताल पुगें राहुल गान्धी

नयाँदिल्ली, जेठ २८ । पूर्वप्रधानमन्त्री अटल बिहारी वाजपेयी सोमबार एम्स असपतालमा भर्ना भएको छन् । ९३ वर्षीय वाजपेयी स्वास्थमा समस्या आएपछि अस्पतालमा भर्ना भएका हुन ।

उनलाई एम्सका निर्देशक डा. रणदीप गुलेरियाको टोलीले उपचार गरिरहेको छ । डा गुलेरियाले भने, ‘वाजपेयीज्यूको अवस्था स्थिर छ ।’ उनलाई भेट्न कांग्रेस अध्यक्ष राहुल गांधी एम्स अस्पताल पुगेंका थिए । लामो समयदेखि वाजपेयीको स्वास्थ्यमा समस्या देखिएको छ ।

याे पनि पढ्नुस  पेट्रोलियम पाइपलाइनलाई तीव्रता दिन भारतीय टोली आयो

तर भाजपाले भने प्रेस विज्ञप्ति जारी गर्दै वाजपेयीको नियमित स्वास्थ्य परीक्षण भएको बताएको छ । अटल बिहारी वाजपेयी लामो समयदेखि अस्वस्थ छन् र उनलाई चिकित्सकको निगानीमा घरमै राखिएको थियो ।

लामो समयदेखि सार्वजनिक कार्यक्रममा नदेखिएका वाजपेयीको पछिल्लो पटक सन २०१५ मा तस्वीर सार्वजनिक भएको थियो । जसमा तत्कालीन राष्ट्रपति प्रणब मुखर्जीले घरमै गएर वाजपेयीलाई सर्वोच्च नागरिक सम्मान भारत रत्नले सम्मानित गरेका थिए ।

याे पनि पढ्नुस  भारतद्वारा विश्वकै तीब्रगतिको मिसाइल परीक्षण

अटल बिहारी वाजपेयी तीन पटक भारतको प्रधानमन्त्री भइसकेका छन् । उनी पहिलो पटक सन १९९६ मा वाजपेयी १३ दिनका लागि भारतको प्रधानमन्त्री बनेका थिए । तर बहुमत जुटाउन नसकेपछि उनले राजीनामा दिए ।

दोस्रो पटक उनी १९९८ मा प्रधानमन्त्री बने । गठबन्धनका अन्य दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि १३ महिनापछि १९९९ मा आम चुनाब भयो ।

याे पनि पढ्नुस  Breaking: जलिरहेको रावणको पुतलाबाट जोगिने क्रममा २ रेलले किच्दा ५० बढीको मृत्यु

त्यसैगरी १३ अक्टूबरमा उन तेस्रो पटक प्रधानमन्त्री बने र सन २००४ सम्म पूराकाल प्रधानमन्त्री रहें । त्यसपछि भारतमा १० वर्षसम्म कांग्रेस राज चल्यो ।

कमेन्ट गर्नुहोस्