सलाहविना मैदान उत्रिएको इजिप्ट पराजित

काठमाडौं, असार १ । रसियामा जारी विश्वकप २०१८ को दोस्रो भर्खरै सकिएको दोस्रो दिनको पहिलो खेलमा इजिप्टलाई १–० गोल अन्तरले पछि पार्दै उरुग्वे विजयी भएको छ ।

खेलको अन्तिम समयमा उरुग्वेका ग्यामेनिजले हेडिङ गर्दै गोल गरेका थिए।

त्यसअघि उरुग्वेका लुइस सुआरेज र इडिसन काभानी पटक पटक गोल गर्न चुकेका थिए। २३ औं मिनेटमा सुआरेजले ६ यार्ड नजिकै बल पाएपनि गोलपोष्ट बाहिर प्रहार गरेका थिए।

दोस्रो हाफको सुरुमै एडिसन काभानीको पासमा सुआरेजले गरेको सशक्त प्रहारलाई इजिप्टका गोलकिपर इलसेनवाइले एक हातले सुन्दर बचाउ गरेका थिए।

कमेन्ट गर्नुहोस्