आज अर्जेन्टिना र आइसल्याण्ड भिड्दै, मेसीको जादू नचले के होला ?

फिफा फुटबल विश्वकममा आज शनिवार बहुप्रतिक्षित खेल हुँदै छ ।

नेपालमा निकै बढी प्रशंसक रहेको टीम अर्जेन्टिना र आइसल्याण्डकाबीच आज हुने खेलको सबैले व्यग्र प्रतिक्षा गरिरहेका छन् ।

अर्जेटिना दुईपटकको विश्वकप च्याम्पियन हो भने आइसल्याण्ड पहिलोपटक विश्वकपमा सहभागी हुँदैछ । यो अर्जेन्टिनाका लागि सहज देखिएपनि नयाँ टीमको वास्तविक खेलका बारेमा धेरैलाई थाहा नभएका कारण पनि आजको खेल झन रोचक हुने देखिएको छ ।

अर्जेन्टिनाका सबैभन्दा बलियो पक्ष चर्चित खेलाडी लियोनल मेसी टीममा हुनु पनि हो ।

याे पनि पढ्नुस  फुटबल पण्डित भन्छन्,-यो वर्षको विश्वकप फाइनल ‘भयानक’ हुन्छ

आइसल्याण्डका लागि मेसी खतरा पनि ।

मेसीको लोकप्रियता जति छ, आजको खेलमा आइसल्याण्डले उनको जादू चल्न दिएनन भने यो पनि एउटा रेकर्ड हुने देखिन्छ ।

आइसल्याण्ड नयाँ टीम हो । तर यो टीमले २०१७ मा यूरोपियन च्याम्पियनशीपको प्रीक्वाटर फाइनलमा इंग्ल्याण्ड जस्तो बलियो टीमलाई २।१ ले हराएको थियो । त्यसैले अत्यधिक फयानको समर्थन र उत्साह रहेपनि आइसल्याण्डलाई कमजोर आँक्न नहुने कतिपयले बताएका छन् ।

याे पनि पढ्नुस  फ्रान्स १२ वर्षपछि विश्वकपको फाइनलमा, उपाधि जित्ने सम्भावना कति ?

यो प्रतियोगिताको गु्रुप डीमा रहेका चार टीममा आइसल्याण्डको टीमलाई कमजोर मानिएको छ । त्यसैले टीममा सहभागी अन्य टिमहरुका आँखा आइसल्याण्डविरुद्ध नै छन् । कमजोर टीममाथि बलियो जीत निकाल्न सके यसले अंकतालिकामा राम्रो प्रभाव पार्ने भएको र यसले प्रि क्वाटर फाइनलमा पुग्नु सजिलो हुने भएकोले आइसल्याण्ड निशानामा परेको हो ।

कतिपयले मेसीको एकल प्रदर्शनमा भर पर्ने अवस्था आउन सक्ने टिप्पणी समेत गरेका छन् । अर्जेन्टिनाको पछिल्लो प्रदर्शन त्यति राम्रो भने छैन । त्यो अवस्थामा मेसीले केही गर्न सकेनन र आइसल्याण्डले पनि मेसीलाई केन्द्रीत बनाएर प्रतिरक्षा गर्न सक्यो भने विश्वकपमा अर्जेन्टिनाका यात्रामा समस्या देखिन पनि सक्छ ।

याे पनि पढ्नुस  विश्वकप फुटबलः कुन खेलाडीको कुन पक्ष मन पर्छ ? सेलिब्रेटीका राेजाइ यस्ता छन्

आजको खेलमा अर्जेन्टिनाले ठूलो अन्तरका साथ अंक बटुल्न सके विश्वकपमा उसको यात्रा निकै सहज हुने सम्भावना समेत उत्तिकै छ ।

कमेन्ट गर्नुहोस्