नेपालका लागि नयाँ हवाई प्रवेश विन्दु थपिए, अब कहाँ आइपुग्न कति नजिक ?

काठमाडौं, असार ३ । पूर्व तथा पश्चिम दिशा हुँदै नेपाल आउने जहाजका लागि थप चार वटा प्रवेश विन्दु थपिएका छन्।

अन्तर्राष्ट्रिय उडानमा नेपाललाई थप प्रवेश मार्ग उपलब्ध गराउने विषयमा भारतीय पक्ष सहमत भएसँगै नयाँ रुट थपिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए।

प्राधिकरण र भारतीय विमानपत्तन प्राधिकरणको प्राविधिक टोलीबीच काठमाडौंमा बिहीबार र शुक्रबार भएको छलफलमा नयाँ रुटको विषयमा सहमति भएको हो।

याे पनि पढ्नुस  चीनले दिएका जहाज निगमलाई घाँडो, ३ वटा मात्रै उडानयोग्य

सहमतिपत्रमा नेपालका तर्फबाट नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक तथा एयर नेभिगेसन विभागका प्रमुख नरेन्द्रबहादुर थापा क्षेत्री र भारतीय विमानपत्तन प्राधिकरणको एयर नेभिगेसन विभागका अनिलकुमार दत्ताले हस्ताक्षर गरेका थिए।

नेपाल र भारतीय पक्षबीच सन् २०१६ को डिसेम्बरदेखि नयाँ हवाई मार्गबारे छलफल सुरु भएको थियो।

याे पनि पढ्नुस  काठमाडौंको सडकमा सेनाको जहाज गुडेपछि...

दुई पक्षीय वार्तामा भारतीय पक्षले काठमाडौं विराटनगर, काठमाडौं-जनकपुर, काठमाडौं-जनकपुर-पटना र महेन्द्रनगर हुँदै नेपाल आउने जहाजका लागि १४ हजार फिटदेखि २४ हजार फिटको उचाइमा मात्रै प्रवेश दिने गरी सहमति भएको श्रेष्ठले जानकारी दिए।

यसअघि काठमाडौं-विराटनगर हुँदै जहाज बाहिरिन मात्रै पाउने अवस्था थियो। अब भने पूर्वबाट आएका जहाज विराटनगर विन्दुबाट पनि नेपाल प्रवेश गर्ने पाउने छन्। यस्तै काठमाडौं-जनकपुर हुँदै कलकत्ता जान पाउन जनकपुर प्रवेश विन्दुलाई पनि भारतीय पक्षले दुईतर्फी बनाउने सहमति दिएको छ।

याे पनि पढ्नुस  विमानस्थलमा थन्किएका जहाजको पार्किङ शुल्क कराडौं

अब कहाँ आइपुग्न कति नजिक ?

-सिमराभन्दा नेपालगन्ज विन्दुबाट काठमाडौं आउन १४ नर्टिकल माइल कम

-भैरहवा आउन १६९ नर्टिकल माइल कम

-पोखरा आउन १६५ नर्टिकल माइल कम

कमेन्ट गर्नुहोस्