ताइवानको एक कम्पनीले सबैभन्दा सस्तो स्मार्टफाेन सार्वजनिक

ताइवानको एक कम्पनी अासुस (Asus) ले भर्खरैमात्र नयाँ स्मार्टफोन Asus ZenFone Ares सार्वजनिक गरेको छ ।

विगतको वर्ष सार्वजनिक भएको ZenFone AR सँग मिल्दोजुल्दो रहेको छ । Ares मा 8GB रैम रहेको छ । त्यस्तै, यो  AR र VR अनुभवका लागि निकै परफेक्ट रहेको छ । यतिमात्र होइन कि यो 8GB रैमका स्मार्टफोन अहिलेसम्मकै सस्तो मूल्य रहेको छ । हालैमात्र ताइवानले यस स्मार्टफोनलार्इ सार्वजनिक गरेको हो । इण्डिया लञ्चिङको बारेमा कुनै जानकारी भने दिएका छैनन्  । कम्पनीले यसको मूल्य TWD 9,990 (लगभग २२,७०० रुपैयाँ) तोकिएको छ । जबकी ZenFone AR को मूल्य ४९,९०० रुपैयाँ रहेको थियो ।

कम मूल्य हाइटेक फिचर्स

– ZenFone Ares को कम मूल्य तोकिए पनि तर यो हाइटेक फिचर्ससँग सुसज्जित रहेको छ ।

– म्यूजिकका लागि यसमा सोनिक मास्टर ३.० Hi-Res अडियो ३८४ 4kHz डेकोडर दिएको हो । यो DTS हेडफोन र ७.१ च्यानललार्इ सपोर्ट गर्दछ ।

– यसमा २३ मेगापिक्सल रियर क्यामरा रहनुको साथै जो आसुस की हाई-रेजोल्यूशन फिक्सलमास्टर ३.० प्रविधि र f/२.० अपरचरको साथ राखिएको छ।

– सेल्फीका लागि फ्रन्ट क्यामेराका ८ मेगापिक्सल दिएको छ, जो f/२.० अपरचरकाे साथ राखिएको छ ।

ZenFone Ares को अन्य फिचर्स

– यसमा ५.७ इन्च QHD (१४४०x२५६० पिक्सल) सुपर AMOLED डिस्प्ले टचस्क्रीन रहनुको साथै यसको अनुपात १६:९ रहेको छ ।

– यसमा दुर्इवटा सिम लाग्ने स्मार्टफोन ZenUI को साथ एन्ड्रोइड नगट अपरेटिङ सिस्टम रहेको छ ।

– फोनमा क्वालकम स्नैपड्रैगन ८२१ प्रोसेसरकाे साथमा ८ GB रैम रहेको छ । इन्टरनल मेमोरी १२८ GB रहेको छ ।

– यसमा ४ G LTE, Wi-Fi 802.11ac, Bluetooth v4.2, GPS/ A-GPS, USB Type-C, 3.5mm हेडफोन जैक कनेक्टिविटी दिएको छ ।
– फोनमा ३३००Ah को ब्याट्री रहेको, जो क्वालकॉम क्विक चार्ज 3.0 को सपोर्ट गर्ने गर्दछ । एजेन्सीको सहयोगबाट

कमेन्ट गर्नुहोस्