श्रीमतीको फोटो हेर्दै… रमाइलो चुट्किला

शेरेले बारमा पुगेर एक गिलास रक्सी माग्यो ।

एक गिलास सकेपछि उ फेरि कमिजको गोजीमा हेरेर फेरि अर्को गिलास रक्सी मगाउँथ्यो ।

उसले धेरै पटक गोजीमा हेर्दै रक्सी मगाउँदै गरेको देखेर हैरान परेको वेटरले सोध्यो ।

वेटरः साथी, म तिमीलाई जति माग्छौं त्यति रक्सी दिने छु । तर, यतिमात्रै भन्देउ, रक्सी माग्नुभन्दा पहिले तिमी किन गोजीमा हेरेर मात्र रक्सी मागाउँछौ ?

वेटरको प्रश्न सुनेर शेरेले भन्योः म गोजीमा मेरो श्रीमतीको फोटो हेर्छु । जब उनी राम्री देखिन्छिन तब मलाई लाग्नेछ अब मेरो घर फर्कने समय हुन लाग्यो ।

कमेन्ट गर्नुहोस्