अनुष्काले झपारिन सडकमा फोहोर फाल्नेलाई, विराटले बनाए भाइरल

सामाजिक सञ्जालमा बलिउड अभिनेत्री अनुष्का शर्मा यति बेला भाइरल भएकी छन् । अनुष्का यति बेला अभिनयका कारण नभई सामाजिक परिबर्तनकाे अभियानका कारण चर्चित बनेकी हुन ।

अनुष्काले सडकमा जथाभावी फोहोर फाल्नेलाई रोकेर सम्झाएको र सावधान रहन अाग्रह गरेको भिडियो सामाजिक सञ्जालमा शेयर भएपछि पछिल्लो चर्चा भएको हो।

हालै क्र‍िकेटर विराट कोहलीले पत्नी अनुष्‍का शर्माको एउटा भिडियो ट्विटरमा शेयर गरे । जुन भिडियाेमा अनुष्का कारमा कत्तै जादै गरेकी छन् । सोही क्रममा अर्को एउटा गाडीबाट कसैले सडकमा फोहोर फ्याक्दा उनकाे कारमा पर्छ ।

त्यसपछि अनुष्काको रिसले चुर भइन र फोहोर फ्याक्ने गाडीलाई रोकेर जोडले झपारीन ।

अनुष्काले सोधिन तपाईले किन सडकमा फोहोर फ्याकेको ? तपाई सावधान हुन जरुरी छ, तपाई सडकमा प्लास्टिक फ्याक्न सक्नुहुन्न ।

सामाजिक सञ्जालमा यो भिडियोलाई लिएर विभिन्न थरीका टिका–टीप्पणीहरु भइरहेका छन् ।

हेर्नुहोस केही ट्वीटर प्रतिक्रिया

कमेन्ट गर्नुहोस्