विश्वकप : कोस्टारिका र सर्वियाबीचको खेल शुरु

काठमाडौं, असार ३ । रसियामा जारी विश्वकप फूटबलका २१ औं संस्करण अन्तर्गत आज तीन खेल हुँदै छन् । आजको पहिलो खेलमा अहिले कोस्टारिका र सर्बिया भिडिरहेका छन् ।

रसियाको समरा एरिना रङशालामा समूह इ का कोस्टारिका र सर्विया खेलिरहेका छन् । दुबै टोलीको यो संस्करणमा पहिलो खेल हो । दुबै टोली पहिलो जित हात पार्ने उद्देश्यका साथ मैदानमा प्रवेश गरेका छन् ।

यस्तै आजै राति ८.४५ बजे जर्मनी र मेक्सिको र ११.४५ बजे ब्राजिल र स्वीट्जरल्यान्ड पनि खेल्ने छन् ।

कमेन्ट गर्नुहोस्