कोस्टारिकामाथि सर्बियाको शानदार जित

काठमाडौं, असार ३ । रसियामा जारी विश्वकप फुटबल अन्तर्गत समूह इ को खेलमा सर्बिया विजयी भएको छ । सर्वियाले कोस्टारिकालाई १–० ले पछि पार्दै विश्वकपमा पहिलो जित हात पारेको हो ।

खेलको ५६ औं मिनेटमा सर्वियाका कप्तान अलेक्साण्डर कोलराबले गरेका एकमात्रै गोल कोस्टारिकामाथि जितका लागि प्रयाप्त भयो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको दोस्रो हाफको शुरुवातमा सर्विया आक्रमक रुपमा प्रस्तुत भएको थियो ।

खेलमा दुबै टिमले गोल गर्ने थुप्रै अवसर पाएपनि त्यसको सदुपयोग गर्न नसक्दा खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकएिको थियो ।

सुरुवातिदेखि नै बल नियन्त्रणमा लिएको सर्वियाले गोल गर्ने थुप्रै अवसरलाई भने सदपयोग गर्न सकेन ।

विश्वकप अन्तर्गत आजै समूह एफको पहिलो खेलमा जर्मनीले मेक्सिकोसँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै, राति ११ बजेर ४५ मिनेटमा ब्राजिलले स्वीट्जरल्याण्डसँग प्रतिस्पर्धा गर्दैछ ।

कमेन्ट गर्नुहोस्