घरमा रक्सी राखेको आरोपमा दुई चिनियाँ नागरिक हिरासतमा

पटना, बिहार, जेठ ४ । सबै प्रकारका मदिरा प्रतिबन्धित गरिएको बिहारमा दुई जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ ।

घरमा रक्सी राखेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको हो ।

गएराती मदिरा पार्टी चलिरहेको सूचनाको आधारमा प्रहरीले चिनियाँहरु बस्दै आएको एउटा नीजि अपार्टमेन्टमा छापा मारेको थियो ।

याे पनि पढ्नुस  बिहारका पूर्वमुख्यमन्त्री लालप्रसादलाई पाँच वर्ष जेल सजाय

उनीहरु अप्पो फोन कम्पनीसँग सम्बन्धित भएको बताइन्छ ।

पटनाका गर्दनीबाग थाना क्षेत्रको अनिसाबाद इलाकामा रहेको उक्त नीजि निवासमा रक्सीका दुईवटा बोतल भेटिएको प्रहरीले बताएको छ ।

उक्त निवासमा नौ जना चिनियाँ नागरिक बस्दै आएका थिए ।

प्रहरीले चिनियाँ नागरिकको नाम बताउन नखोजेको बिबिसी हिन्दीले जनाएको छ ।

याे पनि पढ्नुस  पूर्वमुख्यमन्त्री लालुप्रसादका छोराको विवाहबाट फर्किदै गरेका राजदका जिल्ला अध्यक्षसहित ४ युवाको मृतयु

बिहारमा २०१७ देखि पूर्ण मदिरा नियन्त्रण कानुन लागु गरिएको छ ।

यस अन्तर्गत कुनै पनि प्रकारको मदिरा सेवन गर्नु, बिक्रि गर्नु र घरमा राख्नु अपराध मानिएको छ ।

कमेन्ट गर्नुहोस्