जापानमा शक्तिशाली भूकम्प, दुईको मृत्यु

टोकियो, पश्चिम जापानमा सोमबार बिहानै भूकम्पका कारण दुई जनाको मृत्यु भएको छ ।

स्थानीय मिडियाले मृतकको संख्या धेरै हुनसक्ने बताएका छन् ।

मौसम विज्ञान एजेन्सीका अनुसार, भूकम्पको केन्द्र ओसाका प्रान्तको उत्तरी भाग रहेको छ । सुनामीको चेतावनी भने दिइएको छैन ।

क्योडो न्यूज एजेन्सीका अनुसार, भूकम्पका कारण ओसाका मा स्वीमिङ पुलको पर्खाल भत्किएका कारण ८० वर्षीय बृद्ध नागरिक र ९ वर्षीय बालकको मृत्यु भएको छ ।

कन्साई इलेक्ट्रिक पावरले भूकम्पपछि मिहामा र ताकाहामा परमाणु संयन्त्रमा कुनै प्रभाव नपरेको बताएको छ । सावधानीका कारण छिमेकी ह्योगोमा बिजुली सप्लाई रोकिएको छ । यसबाट एक लाख ७० हजार प्रभावित बनेका छन् । ओशाका विमानस्थलमा समेत उडानमा रोक लगाईको छ ।

जापानको मेट्रोलोजिकल एजेन्सीका अनुसार, भूकम्पको तीब्रता ६.१ रेक्टर स्केल रहेको थियो ।

सन २०११ के मार्चमा ९ तीब्रताको भूकम्पका कारण जापानमा १८ हजारको मृत्यु भएको थियो ।

कमेन्ट गर्नुहोस्