२७ फिट लामो अजिङगरको पेटबाट लिकालियो महिलाको शव !

इण्डोनेसिया । सुन्दा नै आङ सिरीङ हुने घटना इण्डोनेसियामा भएको छ । यहाँ एक महिलाको शव तीन दिनपछि अजिङगरको पेटबाट निकालिएको छ ।

इण्डोनेसियाको सुलावेसीकी ५४ वर्षीया महिलाको शव अजिङगरको पेटबाट निकालिएको हो ।

अजिङगरको पेटबाट निकालिएको महिलाको शवमा कुनै चोटपटक छैन । साथै, शरीरमा सबै कपडा पनि छन् । २७ फिटको अजिङ्रले महिलालाई निलेको थियो ।

याे पनि पढ्नुस  जाकार्ताबाट उडेको विमान सम्पर्कविहीन, ५० भन्दा बढी यात्रु थिए सवार

महिलाको खोजतलास गर्दै गर्दा कतै नभेटिएपछि अजिङगरले ती महिलालाई खाएको हुन सक्ने स्थानीयले अनुमान गरेका थिए ।

स्थानीयको अनुमान सहि साबित पनि भयो, र पछि स्थानीयको सहयोगमा अजिङगरलाई काटेर महिलाको शव निकालिएको हो । -एजेन्सी

कमेन्ट गर्नुहोस्