घाँटीको सिक्री, औंठी बैंकमा धितो राखेर सडक खन्दै नारच्याङबासी

बेनी, असार ४ । म्याग्दीको नारच्याङका सोमप्रसाद पुर्जाले घाँटीको सिक्री, औंठी बैंकमा धितो राखेर सडक खन्दा लागेको ऋण तिर्न प्रयोग गरे । मजदूरको ज्यालासमेत दिन नसकेपछि पुर्जाले आफ्नो र श्रीमतीको सुनलाई धितो राखेर ज्याला दिएका थिए ।

निर्वाचनको प्रचारप्रसारका लागि गाउँमा पुगेका दलका उम्मेदवारले सडक विस्तारमा बजेटको प्रतिबद्धता जनाएपछि ऋणधन गरेर सडक विस्तारमा कस्सिएका नारच्याङवासी नेताले गरेका प्रतिबद्धता पूरा नभएपछि ऋणमा चुर्लुम्मै डुबेका छन् ।

उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको बँेशीबाट लेकगाउँ जोड्ने बेँशी–लेकगाउँ मोटरबाटोमा राजनीतिक दलका र निर्वाचित जनप्रतिनिधिको आश्वासन पूरा नहुँदा स्थानीयवासीले तीन वर्ष अगाडि शुरु गरेको सडक निर्माण कार्य अलपत्र परेको छ ।

याे पनि पढ्नुस  विप्लवका कार्यकर्ताले दले वडाध्यक्षलाई कालोमोसो

बेँशीबाट लेकगाउँका जनतालाई सहज आवतजावत गर्न स्थानीयले चन्दा संकलन गरे पनि पर्याप्त नभएपछि सडक अलपत्र परेको निर्माण समितिका अध्यक्ष पुर्जाले बताए ।
“सडक विस्तारमा लागेको ऋण तिर्न मैले सुनसमेत धितो राखेको छु,” “बजेट छुट्टियो भनेर काम शुरु गरियो, पछि बजेट सुको आएन” पुर्जाले भने । व्यक्तिगत रुपमा लिइएको ऋणको ब्याज बढिरहेको छ ।

याे पनि पढ्नुस  ‘आइरन चक्की’ दिनुपर्ने गर्भवतीलाई जुकाको औषधि

“मजदूरको पैसासमेत तिर्न सकिएको छैन, सडक अलपत्र पर्दा लेकगाउँवासीलाई सास्ती भएको छ” पुर्जाले भने । करीब ६०० घरधुरी रहेको लेकगाउँ आलुखेतीका लागि पकेट क्षेत्र मानिन्छ ।

तत्कालीन जिविसबाट रु छ लाख, पूर्वसांसद रेशमबहादुर बानियाँको कोषबाट रु तीन लाख प्राप्त भए पनि अझै करीब रु १० लाख पुरानो ऋण रहेको उपभोक्ता समितिको भनाइ छ ।

पुरानो ऋण चुक्ता नगरी सडक विस्तारको सम्भावना नभएको समितिको भनाइ छ । गाउँसम्म सडक पु¥याउन कडा चट्टान फोर्नुपर्ने भएकाले पनि करीब रु दुई करोड लागत अनुमान गरिएको छ ।

याे पनि पढ्नुस  म्याग्दीमा ४.७ रेक्टरको भूकम्प धक्का

मिस्त्रीखोला जलविद्युत् आयोजनाले बेँशीगाउँ माथिसम्म सडक विस्तार गरेको छ । लेकगाउँबाट उत्पादन हुने अग्र्यानिक तरकारीलाई निर्यात, अन्नपूर्ण बेस क्याम्प र खोपा लेक जाने आन्तरिक तथा बाह्य पर्यटकलाई समेत सहज हुने स्थनीय टेक पुनले बताए ।

जिल्लाका ग्रामीण क्षेत्रमा सडक सञ्जाल विस्तारमा आवश्यकताअनुसारको बजेट नहुँदा स्थानीयले आफ्नो खेतबारीको लालपूर्जासमेत धितो राखेर लगानी गर्ने गरेका छन् । रासस

कमेन्ट गर्नुहोस्