पोखरामा के गर्दै छन् कृषि राज्यमन्त्री चौधरी ? (फोटाफिचर)

पोखरा, असार ५ । कृषि, भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री रामकुमारी चौधरीद्वारा मन्त्रालय मातहतका कार्यालय, अनुसन्धान केन्द्रहरुको अनुगमन निरीक्षणमा तिब्रता दिएकी छिन ।

त्यसै क्रममा पशुपन्छी बिभाग अन्तर्गतको पशु बिकास फारम पोखराको अवलोकन निरीक्षण गरेकी छिन । दुई हजार रोपनीमा फैलिएको फार्ममा २३० वटा भैंसी, १३० वटा सुंगुर, ११० भेडावटा , ३२०० सय माउ कुखुरा वर्षीया १ लाख ५० हजार चल्ला बिक्री बितरण गर्दै आएको छ ।

फार्मको विकास, उन्नत जातका बीउ प्रजजन गरार्र्इ बिऊ को रुपमा किसानलाई बितरन गरिनेछ । किसानलाई आवश्यक तालिम प्रदान गरि उत्पादन बिकासमा सहयोगका साथै अर्थोपार्जनमा बिध्दि गर्न मदत गर्ने गर्दछ ।

यसै क्रममा बेगनास र फेवा तालमा मत्स्य पालनको अनुसन्धान गरिरहेको नेपाल कृषि अनुसन्धान परिषद अन्तरगतको बेगनास मत्स्य अनुसन्धान केन्द्रको पनि अनुगमन राज्य मन्त्री चौधरीले गरेकि छिन ।

केज माछा फार्मिङ्ग बिधि सम्बन्धी अनुसन्धान माछा बैज्ञानिकहरुले गरीरहेको छ । यो विधिबाट ठुल ठुला ताल पोखरीमा माछा पालन गरि किसानले अर्थोपार्जन गर्न सकिने छ ।

यसैगरि बागवानी अनुसन्धान केन्द्र पोखराको पनि अनुगमन राज्य मन्त्री चौधरीले गरेकी छिन । यहाँ विभिन्न प्रजातिका तरकारी बोडि ,सिमी ,बैगुन ,खुर्सानी र आँप ,कटहर, लिच्ची आदिको अनुसन्धान र बिकास गरिरहेको र बेर्ना किसानलाइ बितरण गर्दै आएका छ्न । यसले कृषि क्षेत्रमा धेरै ठुलो सहयोग पुगेको फार्मका प्रमुख तिर्थ पोखरेलले जानकारी दिनु भयाे ।

कमेन्ट गर्नुहोस्