जम्मु–कश्मीर सरकारबाट भाजपा बाहिरियो, मुख्यमन्त्री मुफ्तीले दिइन राजीनामा

काठमाडौं, असार ५ । भारतीय जनता पार्टी (भाजपा) जम्मु–कश्मीरको गठबन्धन सरकारबाट बाहिरिएको छ ।

भाजपाले मंगलबार जम्मु–कश्मीर राज्यमा पिपुल्स डेमोक्रेटिक पार्टी (पिडिपी) लाई दिएको समर्थन फिर्ता लिएको हो । अध्यक्ष अमित शाहको निर्देशनमा भाजपाले पिडिपीसँगको तीन वर्षे लामो सत्ता यात्रा अन्त्य गरेको हो।

याे पनि पढ्नुस  कश्मीरमा हिँसा; १५ जनाको मृत्यु; ४० बढी घाइते

विजेपीले सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री महबूबा मुफ्तीले गभर्नर एनएन वोहरा समक्ष राजीनामा बुझाएकी छिन्। सत्ता सहकार्यमा रहे पनि पछिल्लो समय भाजपा र पिडिपीबीच सबन्ध चिसिएका थियो ।

भाजपाले भनेको छ, ‘हामी पिडिपीसँगको सहकार्य अन्त्य गर्ने निर्णयमा पुगेका छौं। सरकारले आतंकवाद, हिंसा र अतिवादलाई नियन्त्रण गर्न सकेन । नागरिकका आधारभुत अधिकार खोसिएको छ ।’

याे पनि पढ्नुस  भारत बन्यो विश्वमा सबैभन्दा बढी हतियार किन्ने देश

जम्मु–कश्मीरमा बहुमतका लागि ४५ सांसद आवश्यक पर्दछ । राज्यसभामा पिडिपीका २८ र विजेपीका २५ जना सांसद छन् ।

कमेन्ट गर्नुहोस्