योग गर्नुस्, स्वस्थ रहनुस् : मुख्यमन्त्री भट्ट

असार ७ । योगलाई प्रदेशभरि अभियानकै रुपमा संचालन गरिने प्रदेश नं. ७ का मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनुभएको छ ।

चौथो अन्तराष्ट्रिय योग दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री भट्टले प्रदेशका जनतालाई निरोगी बनाउन पनि योगलाई अभियानात्मकरुपमा संचालन गरिने बताउनुभयो ।

हरेक मानवको पहिलो सम्पत्ती भनेकै स्वास्थ्य भएको र श्वस्थ रहन योग गर्न जरुरी रहेको उहाँको भनाई छ ।

मुख्यमन्त्री भट्टले भन्नुभयो– ‘आफ्ना गलत आनीबानी र खानपानलाई अहिलेदेखि त्यागौ, तपाई हामी स्वास्थ्य भएमात्रै प्रदेश स्वस्थ रहन्छ र स्वस्थ प्रदेशले सम्वृद्धि र विकास पनि चाँडो हुन्छ ।’ आफ्नो डाक्टर आफै बन्नुपर्ने बेला आएको बताउँदै उहाँले यसका लागि हरेक दिन योगा गर्न सबैमा आह्वान गर्नुभयो ।

यस्तै कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री दिर्घ सोडारीले प्रदेश ७ का स्वास्थ्य समस्या समाधानका लागि प्रदेश सरकार लागि परेको बताउनुभयो । विकट तथा दुर दराजका बस्तीहरुलाई पनि श्वास्थ्य पहुँचमा ल्याउन सामाजिक विकास मन्त्रालय कटिबध्द रहेको उहाको भनाई छ ।

चौथो अन्तराष्ट्रि«य योग दिवसको अवसरमा सामाजिक विकास मन्त्रालयले आज एक कार्यक्रमको आयोजना गरेको थियो ।

सरकारी, गैरसरकारी निकाय तथा सर्वसाधारणको उपस्थितीमा धनगढीको चौराहाबाट विभिन्न योगमैत्री नारासहित सुरु भएको र्यालीले बजार परिक्रमा गरेको थियो । र्यालीका सहभागीहरुले सामाजिक विकास मन्त्रालयको प्रांगणमा योगाभ्यास समेत गरेका थिए ।

योगाभ्यासमा प्रदेश नं.७ का सबै विभागीय मन्त्रीहरुको सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्