डेनमार्क र अष्ट्रेलियाबीचको खेल बराबरीमा सकियो

काठमाडौं, असार ७ । रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबलमा समूह ‘सि’ का डेनमार्क र अष्ट्रेलियाबीचको खेल १/१ को बराबरीमा सकिएको छ ।

उनीबीचको पहिलो हाफ १/ १ गोलको बराबरीमा सकिएको छ । दोस्रो हाफमा दुबै टोलीले कुनै गोल गर्न सकेनन् ।

रसियाको समरा एरिनामा बेलुका ५.४५ बजे शुरु भएको खेलमा डेनमार्कका मिडफिल्डर क्रिष्टियन इरिकसनले खेल शुरु भएको सातौै मिनेटमा अष्ट्रेलियाविरुद्ध पहिलो गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाएका थिए ।

तर अष्ट्रेलियाका मिडफिल्डर मिले जेडिनकले खेलको ३८ औं मिनेटमा पाएको पेनाल्टीलाई सुन्दर गोलमा परिणत गदैृ टोलीलाई १/१ को बराबरीमा पुर्याए ।

त्यसपछि दुबै टीमले गोलका लागि सुन्दर अवसर पाए पनि त्यसलाई सदुपयाग गर्न नसक्दा अकं बाड्न बाध्य भएका हुन ।

अष्ट्रेलिया डेनमार्कसँग बराबरीमा रोकिएपछि उसको नकआउट चरणको सम्भावना कायमै रहेको छ ।

यसअघि अष्ट्रेलिया फ्रान्ससँग २–१ गोलअन्तरले पराजित भएको थियो । भने डेनमार्कले आफ्नो पहिलो खेलमा पेरुलाई १—० गोलले पराजित गरेको थियो ।

कमेन्ट गर्नुहोस्