३३ किलो सुन काण्डः ४ अभियुक्तविरुद्ध ‘रेडकर्नर नोटिस’

काठमाडौँ । ३३ किलो सुन तस्करी र हत्या प्रकरणमा प्रहरीले ४ अभियुक्तविरुद्ध रेडकर्नर नोटिस जारी गरेको छ । मोरङ जिल्ला अदालतमा विचाराधीन मुद्दाका ४ प्रतिवादीलाई पक्राउ गर्न नेपाल प्रहरीले अन्तर्राष्ट्रिय प्रहरी अपराध संगठन (इन्टरपोल) मार्फत रेडकर्नर नोटिस जारी गरेको हो ।

प्रहरीले दुबईमा होटल व्यवसाय गरिरहेका रामशरण खडका, गोरे भनिने चूडामणि उप्रेतीका दुबई बस्दै आएका भाइ रमेश उप्रेती, सुन तस्करीमा मुख्य लगानीकर्तामध्येका मोहनकुमार अग्रवाल र बेनु श्रेष्ठविरुद्ध रेडकर्नर नोटिस जारी गरेको हो ।

याे पनि पढ्नुस  सुन तस्करी र हत्या मुद्धाः अब सम्पत्ति शुद्धीकरणमा छानविन

संगठित सुन तस्करीमाथि अनुसन्धान सुरु हुनेबित्तिकै फरार भएका अग्रवाललाई प्रहरीले अझै पक्राउ गर्न सकेको छैन । अग्रवालको खोजीमा प्रहरीको उच्च संयन्त्र लागिरहे पनि उनी पक्राउ परेका छैनन् । समितिले २५ जेठमा डिल्लीबजारस्थित अग्रवालको घरमा छापा मारेको थियो ।

संगठित सुन तस्करीको अनुसन्धान गर्न बनेको उच्चस्तरीय विशेष समितिले अहिलेसम्म एक सयभन्दा बढी शंकास्पद व्यक्तिसँग बयान लिइसकेको छ । समितिले ३९ जनाविरुद्ध सरकारी वकिलको कार्यालयमार्फत मोरङ जिल्ला अदालतमा यसअघि नै मुद्दा पेस गरिसकेको छ ।

याे पनि पढ्नुस  ३३ किलो सुन तस्करीका आरोपी बेनु श्रेष्ठलाई दसैंपछि मात्रै अदातल लगिने

जसमध्ये ३४ जनालाई अदालत लगिएको थियो भने २ जना साधारण तारेखमा छुटेका छन् । समितिका सदस्य एसएसपी वसन्त लामाका अनुसार अहिले ५ जनाको बयान जिल्ला प्रहरी कार्यालय, मोरङमा चलिरहेको छ ।

अकबर शाह पक्राउ
विशेष समितिले पुल्चोकमा रेस्टुरेन्ट व्यवसाय गर्ने अकबर शाहलाई पक्राउ गरेको छ । संगठित सुन तस्करीमा अकबरको पनि हिस्सेदारी रहेको समिति स्रोतको दाबी छ । काठमाडौंमा गोली हानी हत्या गरिएका सञ्चार उद्यमी जमिम शाहका नातेदार शाहले लामो समयसम्म जमिमको सहयोगीका रूपमा स्पेसटाइम नेटवर्कअन्तर्गत च्यानल नेपाल र स्पेसटाइम दैनिकमा समेत काम गरेका थिए ।

याे पनि पढ्नुस  प्रहरीका पूर्वउच्च अधिकारी भन्छन्, ‘३३ केजी सुन तस्करी प्रकरणको अनुसन्धान त्रुटीपूर्ण’

यूएईबाट सूचना लिन सकस
अन्तरदेशीय संगठित सुन तस्करीबारे संयुक्त अरब इमिरेट्स (यूएई) बाट सूचना लिन कूटनीतिक तथा कानुनी अडचन देखिएको छ । तस्करीबारे छानबिन गरिरहेको उच्चस्तरीय विशेष समितिले यूएईबाट सहजै सूचना लिन नसक्ने देखिएको हो । कान्तिपुरमा खबर छ ।

कमेन्ट गर्नुहोस्