एसइई नतिजा सार्वजनिक, यसरी हेर्नुस्

जसमा नियमिततर्फ ४ लाख ६१ हजार ५१५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी थिए।

शनिबार अपरान्ह बसेकाे बोर्ड बैठक एसइर्इकाे नतिजा सार्वजनिक गर्ने निर्णय गरेकाे हाे ।

नतिजा प्रकाशित भइसकेपछि मोबाइलमा एसईई टाइप गरी एक स्पेस दिएर आफ्नो सिम्बल नम्बर लेखेर ३५५६६ मा एसएमएस गर्नु पर्ने छ ।आइभीआरतर्फ नेपाल टेलिकमबाट १६०० मा फोन गरी नतिजा सुन्न सकिन्छ।

एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट www. moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको www.doe.gov.np, परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको www.neb.gov.npमा हेर्न सकिन्छ।

यस्तै नतिजा प्रकाशित भए पश्चात नेपाल टेलिकमको वेबसाइट www.see.ntc.net.npर एनसेलको वेबसाइट www.ncell.axita.com मा पनि नतिजा हेर्न सकिन्छ।

गतवर्षकाे एसईईपरीक्षामा ७७ वटै जिल्लाका एक हजार ९ सय ५६ केन्द्रमा ४ लाख ८५ हजार ५ सय ८६ परीक्षार्थी सहभागी भएका थिए। नियमिततर्फ ४ लाख ६१ हजार ५ सय १५ र एक्जाम्टेडतर्फ २४ हजार ७१ परीक्षार्थी थिए। उनीहरू मध्ये ‘ए’ प्लस ग्रेड (स्तरीकृत अंक) प्राप्त गर्ने १४ हजार २३४, ‘ए’ प्राप्त गर्ने ४६ हजार १३०, ‘बी’ प्लस प्राप्त गर्ने ५९ हजार ३७, ‘बी’ प्राप्त गर्ने ७० हजार ५१२ छन् । यस्तै ‘सी’ प्लस प्राप्त गर्ने ६१ हजार ८७०, ‘सी’ ल्याउने एकलाख एक हजार ४३, ‘डी प्लस’ ल्याउने ३५ हजार ५८४ र ‘डी’ ल्याउने ५८ हजार ६८८ रहेका छन् ।

कमेन्ट गर्नुहोस्