दीपशिखाकाे मृत्यु भनेर लेख्नेविरुद्ध आन्दोलनको घोषणा, ‘साइबर क्राइम’ अन्तर्गत मुद्दा चलाइने

काठमाडौं, असार ९ ।

नेकपाका केन्द्रीय सदस्य तथा नेपाल वाइसियल पार्टीका केन्द्रीय अध्यक्ष रामप्रसाद सापकोटा(दिपशिखा) का बारेमा सामाजिक संजालको दुरुपयोग गरी अनावश्यक टिकाटिप्पणी गर्नेहरुप्रति वाइसियल नेपालले कडा आपत्ति जनाएको छ ।

अध्यक्ष दिपशिखालाई सामाजिक संजालमा उनकै फोटो राखेर श्रद्वाञ्जली लेख्दै पोष्ट गर्नेहरुलाई वासिएल नेपालले कडा प्रतिकार गर्ने विज्ञप्तिमा जनाएकाे छ । साथै संगठनको जिम्मेवार पदमा रहेका व्यक्तिलाई सार्वजनिक रुपमा बेइज्जत गर्नेलाई साइबर अपराध ऐनअन्तर्गत कारवाही गर्न साइबर अपराध महाशाखालाई जाेडदार माग गरेका छ ।

विज्ञप्तिमार्फत १ नम्बर प्रदेशका सबै जिल्ला समितिहरु लाई यस बिषयको बिरोध गर्न निर्देशन गर्दै राष्ट्रिय, अन्तर्राष्ट्रिय सबै ठाउँबाट दोषीलार्इ खोजी गरि कारवाहीको दायरामा ल्याउन अपिल गरेको छ ।

कमेन्ट गर्नुहोस्