नेपाल–चीन रेलमार्ग: लगानीबारे प्रधानमन्त्रीले खोले मुख

काठमाडौं, असार १० । प्रधानमन्त्री केपी ओलीले सम्भाव्यता अध्ययनपछि चीन–नेपाल रेलमार्ग निर्माणका लागि लगानीको टुङ्गो लाग्ने बताएका छन्।

आइतबार विहान चीनको ६ दिने भ्रमण पूरा गरी स्वदेश फर्केका ओलीले त्रिभुजन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै परिपक्व ढङ्गले रेल्वेका कुरा अघि बढाइने बताए।

कतिपयले नेपाल–चीन रेलमार्ग निर्माण र त्यसको सञ्चालनलाई ‘धेरै महँगो र भौगोलिक हिसाबले कठिन योजना’ का रूपमा व्याख्या गर्दै आएका छन्।

प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा चीन–नेपाल रेलमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन चीनले गर्ने भनिए पनि आयोजना निर्माणमा कसले लगानी गर्ने भने अन्यौल छ । लगानीकर्ताबारेको जिज्ञासामा प्रधानमन्त्री ओलीले पैसा हुनेले नै लगानी गर्ने बताए।

याे पनि पढ्नुस  सरकार दुइटा रेल किन्दै, तीन महिनाभित्र जनकपुर–जयनगरमा गुड्ने

उनले भने, ‘लगानी गर्ने को को निस्किन्छन्, त्यसअघि स्रोत(साधनले धान्ने कुरा र सम्भाव्यताको कुरा हुन्छ। त्यसबारे ढुक्क भइसकेपछि लगानीको कुरा आउँछ।’

तिब्बत हुँदै फरक भौगोलिक बनोट भएर नेपाल आउने भएकोले नेपाल–चीनबीच रेल्वे सञ्जाल, रेलमार्गको निर्माण र रेल सञ्चालनको सन्दर्भमा नयाँ प्रयोग र विकास हुने प्रधानमन्त्रीको भनाइ छ।

याे पनि पढ्नुस  आफ्नै पानीजहाज चलाउने अन्तिम चरणमा पुगिसकेका छौंः मन्त्री महासेठ

प्रधानमन्त्रीले भने, ‘यस अर्थ यसमा धेरै हतार गर्नुभन्दा परिपक्व ढङ्गले काम गर्नुपर्ने हुन्छ। र, हामी परिपक्व ढङ्गले सर्वेक्षण, विस्तृत सर्वेक्षणको काम सकेर केही वर्षभित्रै रेल चलाउँछौँ।’

यद्यपि चीनबाट नेपालमा रेल आइपुग्ने समयावधिबारे प्रधानमन्त्री ओलीले केही स्पष्ट पारेनन्।

उनले चिनियाँ राष्ट्रपति सी जिनपिङले नेपालमा रेल पुर्‍याउने आफ्न लक्ष्य रहेको कुरा द्विपक्षीय वार्तामा पनि बताउनुका साथै समझदारीपत्रमा समेत त्यो उल्लेख भएको जिकिर गरे।

याे पनि पढ्नुस  जन्ती बनेर उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथ जनकपुर आउँदै

एक सयभन्दा बढी सहभागी प्रतिनिधिमण्डलको नेतृत्व गर्दै गत मंगलवार प्रधानमन्त्री ओली ६ दिने भ्रमणका लागि बेइजिङ गएका थिए।

भ्रमणका क्रममा उनले चिनियाँ राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछियाङ र तिब्बतका जनसरकार प्रमुख लगायतसँग भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री ओलीको बेडजिङ भ्रमणका क्रममा दुई देशबीच यातायात, ऊर्जा, सुरक्षा, शिक्षा लगायतका विषयमा विभिन्न समझदारी तथा सम्झौताहरू भएका थिए।

कमेन्ट गर्नुहोस्