मेजरकी श्रीमतिलाई मेजरले नै हत्या गरेपछि भारतमा हंगामा

नयाँदिल्ली, असार १० । सैन्य अधिकृतकी श्रीमति हत्या गरेको आरोपमा दिल्ली प्रहरीले आइतबार मेजर निखिल हाडालाई पक्राउ गरेको छ ।

मेजर अमित द्विवेदीकी श्रीमति शैलजालाई हत्या गरेको आरोपमा दिल्ली प्रहरीले हाडालाई मेरठको दारौलाबाट पक्राउ गरेको बताइएको छ । हाडा भारतीय सेनाको नगालैंडको दीमापुरमा तैनात थिए ।

शनिवार बिहान हाडा होण्डा सिटी कारमा शैलजालाई भेट्न दिल्ली कैन्ट आएका थिए । त्यसपछि दिउँसो १.३० बजे कैण्ट मेट्रो स्टेशन नजिक ३५ वर्षीया शैलाजाको शव भेटिएको थियो ।

शैलाजाको घाँटी रेटेर हत्या गरिएको अबस्थामा उनको शव भेटिएको थियो । शवलाई कैयौं पटक आरोपीले कारले कुल्चिएको पुष्टी भएको छ । सीसीटीभी फुटेज र शैलजाको मोबाइलमा भेटिएको महत्वपूर्ण सूचनाका आधारमा प्रहरी आरोपी मेजरलाई पक्राउ गर्न सफल भएको बताइएको छ ।

डीसीपी विजय कुमारका अनुसार, शैलजा मेजर अमित द्विवेदीकी श्रमिति हुन । घटना भएको करीब ४ घण्टापछि जव मेजर अमित श्रीमति हराएको सूचना दिन प्रहरी चौकीमा पुगे । तव उनले श्रीमतिको हत्या भएको थाहा पाए ।

अमित द्विवेदीले प्रहरीलाई दिएको जानकारी अनुसार शैलजा विहान १० बजे फिजियोथेरापी गर्नका लागि सैनिक अस्पताल गएकी थिइन । चालकले सरकारी गाडीमा शैलजालाई अस्पतालमा पुर्याएर फर्किए र पछि ल्याउन जाँदा शैलजा अस्पतालमा थिइनन् । पछि थाहा भयो उनी फिजियोथेरापी गर्न गइनन् ।

स्रोतका अनुसार, मेजर हाडा र शैलजाबीच पहिलो पटक करीब ६ वर्ष अघि दीमापुरमा भेट भएको थियो । त्यतिवेला शैलजाका श्रीमान मेजर अमित पनि दीमापुरमै कार्यरत थिए ।

तर दूई महिना अघिमात्रै मेजर अमितको दिल्ली सरुवा भएको थियो । उनको ६ वर्षको छोरो छ । भने उनीहरुको विवाह ९ वर्ष अगाडि भएको थियो ।

प्रहरीले घटनालाई उच्च प्राथमिकतामा राखेर अनुसन्धान अगाडि बढाएको जनाएको छ । साथै घटनालाई लिएर सर्वत्र चासो व्यक्त गरिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

हत्या जस्तो जघन्य घटना पूर्वसहकर्मीबाट किन भयो भनि प्रश्न खण्डा गरिएको छ । तर केहिले भने उनीहरुबीच अनैतिक सम्बन्ध त थिइन भनी अशंका गरेका छन् ।

कमेन्ट गर्नुहोस्