ह्यारी केनको ह्याट्रिकसँगै इंग्ल्याण्ड ६–१ विजयी

काठमाडौं, असार १० । रसियामा जारी २१ औं संस्करणको विश्वकप फुटबल अन्तर्गत आज ११औं दिन पनि तीन खेल हुँदै छन् । आजको पहिलो खेलमा अहिले इंग्ल्याण्ड र पानामा भिडिरहेका छन् ।

इंग्ल्याण्डका लागि जोन स्टोनस्ले खेल शुरु भएको ८ मिनेटमै गोल गर्दै टोलीलाई शुरुवाती अग्रता दिलाएका छन् । त्यसपछि खेलको कप्तान ह्यारी केनले खेलको २२ औं मिनेटमा गोल गर्दै टोलीलाई २–० को अवस्थामा पुर्याए ।

त्यसलगत्तै खेलको ३६ मिनेटमा जेसस् विन्गार्डले इग्ल्याण्डका लागि तेस्रो गोल गरे चर त्यसको चार मिनेट वित्न नपाउदै इग्ल्याण्डका लागि जोन स्टोनस्ले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ४–० को अग्रता दिलाए । पहिलो हाफको अतिरिक्त समयमा कप्तान ह्यारी केनले व्यक्तिगत दोस्रो गोल गर्दै खेललार्इ ५–० को अवस्थामा पुर्याए ।

फेरि खेलको ६२ मिनेटमा व्यक्तिगत तेस्रो गोल गर्दै जारी विश्वकपमा ह्याट्रिक पूरा गर्ने दोस्रो खेलाठी बने । यसअधि पोर्चुगलका किष्ट्रियानो रानाल्डोले स्पेनसँगको खेलमा हयट्रिक गरेका थिए ।

खेलको शुरुदेखिनै दवावमा रहेको पानामाले खेलको ७८ मिनेटमा इग्ल्याण्डविरुद्ध पहिलो गोल गरेको थियो । पानामाको विश्व कपमा यो पहिलो गोल हो । पानामाका लागि फिलिपे वाउलेले विश्वकममा पहिलो गोल गरेका हुन ।

इंग्ल्याण्डले आफ्नो पहिलो खेलमा ट्युनीशियालाई २–० ले पराजित गरेको थियो । इंग्ल्याण्डका लागि दुवै गोल कप्तान ह्यारी केनले गरेका थिए ।

उनीहरुको खेल निज्नी नोभ्गोरोड रङशालामा हुने छ । पानामा र इंग्ल्याण्डबीचको खेलनेपाली समय अनुसार पौने ६ बजे शुरु भएको हो ।

यता बेल्जियमसँग हारेको पानालाई भने कुनैपनि हालतमा पनि प्री क्वाटरफाइनलमा पुग्नका लागि इग्ल्याण्डलाई हराउनै पर्ने दबाब छ ।

कमेन्ट गर्नुहोस्